चिनियाँ बाँदरको भविष्यवाणी सत्य सावित,अमेरिकी राष्ट्रपतिको चुनावमा बाँदरले नै संकेत गरेका व्यक्तिको जित


 


monkey-king-trump-581ef5950da324-56438677

काठमाडौं, कात्तिक २४

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा एक बाँदरले गरेको भविष्यवाणी सत्य सावित भएको छ ।

गत कात्तिक २१ गते चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ले जित्ने भविष्यवाणी गरेको थियो ।

उक्त समयमा जनता तथा अमेरिकाका प्रमुख सबै पत्रिकाहरुले हिलारी क्लिन्टनलाई बलियो रहेको घोषणा गरिरहेका थिए । तर बाँदरले भने ठिक त्यसै समयमा ट्रम्पको जितको भविष्यवाणी गरेको थियो । जुन अहिले सत्य सावित भएको छ ।

चीनको भविष्यवाणीको राजा मानिने ‘गेडा’ नामक बाँदरले ट्रम्प आगामी अमेरिकन राष्ट्रपति बन्ने भविष्यवाणी गरेको ‘इकोलोजिकल’ पर्यटकीय पार्कले समाचार सम्प्रेसण गरेको थियो ।

साँच्चै नै मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनको मत परिणाम पनि आखिर ट्रन्प कै पक्ष अर्थात उक्त बाँदरले नै जितको संकेत गरेको व्यक्तिको कोल्टामा पर्न सफल भएको छ ।

डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टको र रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पको आकृतिलाई दुई तिर राखेर पहेँलो टी शर्टको बाँदरलाई बीचमा राखिएको थियो । उक्त बाँदरले ट्रम्पको आकृतिको ओठमा चुम्बन गरेर उनले चुनाव जित्ने संकेत गरेको थियो ।

भविष्यवाणीका राजा मानिने उक्त बाँदरलाई राष्ट्रपतीय चुनावमा कसले जित्लान भनेर पटकपटक सोधिएको प्रश्नमा उसले ट्रम्पले जित्ने भविष्यवाणी गर्दै आएकोे थियो ।

अमेरिकी राष्ट्रपति कै निर्वाचनको विषयमा ट्रम्प र क्लिन्टनको रुपमा राखिएका दुई ओटा केरामध्ये ट्रम्प नामकोे केरा उठाएर उनकै पक्षमा निर्णय दिएको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्