३० कर्मचारीको बढुवा गर्दै न्याय सेवा आयोग
काठमाडौं, असाेज २६
न्याय सेवा आयोगले नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकील समूहको राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा रिक्त पदहरूमा कर्मचारीहरूको बढुवा गर्ने भएको छ ।
आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनको आधारमा बढुवाद्वारा पद पूर्ति गर्न बुधवार सूचना जारी गरेको छ ।
आयोगले विभिन्न पदमा ३० जना कर्मचारीहरूको बढुवा गर्ने सूचनामा उल्लेख गरेको छ ।
बढुवाका लागि न्यूनतम सेवा अवधि पुगेको र शैक्षिक योग्यता पुग्ने सम्भाव्य उम्मेदवारहरूले ३५ दिनभित्र दरखास्थ दिन भनिएको छ ।