भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेर आएको छ ।

आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो । निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ ।

नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएकाले मूल्य बढ्न सक्नेतर्फ पनि संकेत गरेको छ । निगमका अनुसार आज आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ। योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ।

पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमको भनाइ छ । अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News