पूर्व प्रहरीसहित एक युवकमाथि आक्रमण, तीनजना घाइते



कैलाली, कार्तिक १
धनगढीमा नेपाल प्रहरीका पूर्व अधिकृत र उनका छोरामाथि बीच बजारमै आक्रमण भएको छ । सोमबार साँझ करीब ७ बजेतिर धनगढी उपमहानगरपालिका १ को कैलालीपुल नजिकै उनीहरुमाथि आक्रमण भएको हो ।

पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा परेका तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको छ भने उनीहरुको सेती अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । कुटपिट गरेको देख्ने दुई महिलासमेत बेहोस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News