बालाजुबाट दुई विदेशी नागरिक पक्राउ



काठमाडौं, कार्तिक ८
बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक भिषामा नेपाल आएका उनीहरूको भिषाको म्याद नाघेको भेटिएको र कानुनी कारवाहीका लागी प्रहरीले अध्यागमन विभागमा बुझाएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरू एक वर्षअघि नेपाल आएर काठमाडौं–१६ स्थित गंगाहल नजिकै फ्ल्याटमा सँगै बसिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News