मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु



बुटवल, कार्तिक १३
पाल्पाबाट मनकामना दर्शनका लागि हिँडेको बस नवलपुरमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटनामा परेको हो ।

पाल्पाको रम्भा गाउँपालिका- १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका- २ मथारमा आज बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ ।

बस दुर्घटनामा २३ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङटारका अनुसार पाँच जनाको शव भेटिएको र अन्यको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News