एकजना मात्रै यात्रु लिएर उड्यो बुद्ध एयरको जहाज



काठमाडौं, कार्तिक १६
बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेको छ ।

मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेको हो ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् ।

पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News