सिन्धुलीका म्यादी प्रहरीलाई कार्यस्थलमा खटाइयो



सिन्धुली, कार्तिक १७
मंसिर ४ गतेको आम निर्वाचन सम्पन्न गराउन भर्ना गरिएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्यस्थलमा खटाएको छ ।

सिन्धुलीका १ हजार ३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको ९ वटै स्थानीय तहका दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाएकोे सिन्धुली प्रहरीले जनाएको छ ।

२८ वटा प्रहरी युनिटबाट म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

जिल्ला प्रहरीको रेकर्ड अनुसार नगरपालिकातर्फ कमलामाईमा दुई सय ८८ र दुधौलीमा एक सय ३२ म्यादी प्रहरीलाई खटाइएको हो । यसैगरी, तीनपाटनमा एक सय ८८ जना, हरिहरपुरगढीमा ८५, सुनकोशीमा ९८, फिक्कलमा एक सय दुई, गोलन्जोरमा एक सय ४७ जना म्यादी प्रहरी खटाईएको छ ।

सिन्धुली प्रहरीले वैशाख ३० गते सम्पन्न स्थानीय तहभन्दा ८९ बढी म्यादी प्रहरी छनोट गरेको हो । गत स्थानीय तहको चुनावमा १ हजार ३ सय म्यादी प्रहरीलाई भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News