मुख्यमन्त्री राजेन्द्र राईका पिएले कुटे स्वतन्त्र उम्मेदवार


 


भोजपुर, कार्तिक २७
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव (पिए) भद्रकाली पराजुलीले स्वतन्त्र उम्मेदवारलाई कुटेका छन् । भोजपुरका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडालाई मुख्यमन्त्री राईका पिए भद्रकाली पराजुलीले शनिबार राति कुटेका हुन् ।

भोजपुरबाट प्रदेश सभा १ का गठबन्धन दलका उम्मेदवार समेत रहेका राईका स्वकीय सचिव भद्रकाली पराजुलीले हातपात सँगै ज्यान मार्ने धम्की दिएको स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडाले बताएका छन् ।

षडानन्द नगरपालिका दिंलाको स्थानीय होटलमा आफुमाथि आक्रमण भएकोे स्वतन्त्र उम्मेदवार दिलिप कुमार खतिवडाले बताए । आफुलाई जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दैै खतिवडाले सुरक्षाको माग समेत गरेका छन् ।

“षडानन्द नगरपालिकाका पुर्व मेयर विरवल राई सहित खाना खाँदै राजनैतीक कुराकानी भइरहेको बेला स्वकीय सचिव भद्रकाली पराजुलीबाट कसलाई झोले भनेको भन्दै म माथि एक्कासी आक्रमण भयो ।” स्वतन्त्र उम्मेदवार खतिवडाले भने “सत्ताको आडमा मलाई आक्रमण गरियो, निर्वाचनपछि भागेर कहाँ जान्छस् हेरौला भनेर धम्काए ।

यता मुख्यमन्त्रीका स्वकीय पराजुलीले भने तथानाम गालीगलौज गरेकाले ठेलमठेल मात्र भएको बताए । सम्झाउन खोज्दा पनि ‘झोले’ भन्दै अपशब्द बोलेपछि उम्मेदवार खतिवडालाई नियन्त्रण मात्र गर्न खोजिएको उनको भनाई छ ।

मुख्यमन्त्री राईकै स्वकीय सचिवबाट कुटपिटको घटनालाई लिएर स्थानीयले विरोध जनाएका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्