समृद्धिको आकांक्षा बोकेर चुनावी मैदानमा होमिएका प्रेम कार्की


 


भोजपुर कार्तिक २८
खड्गबहादुर कार्की, तर सबैले प्रेम भनेरै चिन्छन् । विनम्र स्वभाव हँसिलो चेहेरा । सामाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल मिजाशिलो स्वभावका प्रेम कार्की अहिले भोजपुरे जनताको घरघरमा भेटिन्छन् । आसन्न मंसिर ४ मा हुन लागिरहेको निर्वाचनमा प्रदेश सभा भोजपुर क्षेत्र नं २ मा नेकपा एमालेको उम्मेदवार बनेर उनि यतिबेला मतदाता समक्ष मत माग्न व्यस्त छन् ।

वि.स. २०२७ सालमा साविकको बासिखोरा गाविस-७ वाक्चाखा हालको रामप्रसादराई गाउँपालिका-८ मा जन्मिएका हुन् प्रेम कार्की । उनि जन्मिएको ठाउँ यस्तो हो जहाँ २००७ सालको क्रान्ति यौद्धा जननायक राम प्रसाद राई जन्मिएको भूमि हो । प्रजातन्त्र ल्याउन भएको २००७ सालको क्रान्तिका क्रान्तिकारी योद्धा जन्माउने रामप्रसादराईको विरासत बोकेको गाउँबाट कार्की यसपटक उम्मेदवार बनेका हुन् । उनै जननायक जन्मिएको रामप्रसादराई गाउँपालिका बासिखोराबाट भोजपुरको दक्षिणी क्षेत्रको मार्गचित्र बदल्ने प्रयासमा अघि बढेका छन्, प्रेम । सामान्य परिवारमा हुर्केका कार्की शालिन, एवं प्रखर वक्ताका रुपमा समेत परिचित छन् ।

सामाजिक काममा सधै अग्रणी भूमिकामा देखिने कार्की यतिबेला समृद्धिको आकांक्षा बोकेर चुनावी मैदानमा अघि बढेका छन् । भोजपुरको दुर्गम क्षेत्रलाई सुगमतातिर बदल्ने संकल्पका साथ कार्की यतिबेला चुनावी मैदानमा छन् । प्रदेशसभा २ मा एमालेको उम्मेदवार रहेका कार्की समृद्धिको उचाईलाई बढाउने ध्याउन्नमा छन् ।

कार्की गाउँबस्तीको यथार्थ समस्यासंग प्रत्यक्ष जानकार भएको उम्मेदवारको रुपमा आफुलाई चिनाउँछन । ‘‘म भुईमान्छेहरुको प्रतिनिधि भएको कारण मेरो एजेन्डा पनि भुईमान्छेको जिवनस्तर उकास्ने नै हुनेछन् ।

खानेपानी, विद्युत ,यातायात, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रमा मेरो विशेष भुमिका हुनेछ । समृद्ध भोजपुर र सुखी भोजपुरेको लागि अहिले भैरहेको विकासको जगमा टेकेर आफू अगाडि बढ्ने उनि सुनाउँछन् । अहिले जनताको माया र विश्वासले उत्साहित रहेको कार्की सुनाउँछन् ।

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रहेका कार्की यसअघि राजनीति र समाजसेवामा क्रियाशिल थिए । पहिलोपटक निर्वाचनमा होमिएका कार्कीको प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तावासंग हुँदैछ ।

‘‘विकासका हिसाबले अन्यभन्दा पछि परेको भोजपुरको दक्षिणी क्षेत्रलाई सामाजिक र भौतिक रुपमा सम्पन्न गराउने मेरो संकल्प छ । ४१ वडा रहेको यस क्षेत्रमा बाह्रैमास चल्ने सडक, पुलको पहुँच, घरघरमा विजुलीबत्ती, सञ्चारका साधन, घरघरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने मेरो सपना छ ।’’ उनी भन्छन्।

उम्मेदवार कार्की भन्छन् – युवापुस्ता र महिला जनशक्तिलाई सिपमूलक काममा रोजगारी र तालिम दिन, गुणस्तरीय शिक्षालाई प्रबद्र्धन गर्न, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न म प्रतिबद्ध छु । त्यसैले जनताको अमूल्य भोटको अपेक्षा गरेको छु ।’’

मिहिन ढंगबाट निर्वाचनमा होमिएका कार्कीले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । नेकपाको एकता प्रक्रिया संगै नेकपा हुँदै एमालेमा रहेका कार्कीले पूर्व माओवादी साथिहरुले पनि आफ्नो उम्मेदवार नभएको कारण आफुलाई मत आउने बताए ।

अन्य पार्टीको साथिहरुको पनि मलाई सहयोग र सद्भाव छ, जसले मलाई निर्वाचन जित्न सहज छ । आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पुगिसका कार्कीले बाँकि जिवन जनताको सेवामा नै विताउने प्रतिबद्धता व्यक्त गर्दछन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्