स्वस्तिक छापसहितका मतपत्र बोकेको भारतीय गाडी प्रहरी नियन्त्रणमा


 


महोत्तरी, मंसिर ३
स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिवास ३ बाट शुक्रबार साँझ ७ बजे स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो ।

सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्