सुकुम्बासीको प्रश्न : मत वैध तर बस्ती किन अवैध ?


 


काठमाडौं, मंसिर १५
काठमाडौं महानगरपालिका–३१, जागृतिनगर टोलस्थित बाग्मती नदी किनारमा बसोबास गर्दै आउनुभएकी ७० वर्षीया सूर्यमाया गुरुङलाई आफ्नो छानो जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले पिरोलेको छ ।

मंसिर २ गतेसम्म चुनावको माहोल, राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार मत माग्न आउँदा डेङ्गुले थलिएको ज्यान सम्हाल्दै उनी बाहिर निस्किनथिन् । चुनावको अन्तिम नतिजा आइनसक्दै थापाथलीमा डोजर चलेपछि उनलाई अब कहाँ सर्ने भन्ने विकल्पको चिन्ताले सताउन थालेको छ ।

उनले भनिन्, “सबैले यस पटक हामीलाई मत दिनुस्, तपाईंहरूलाई धनीपुर्जा हामी दिलाउँछौँ भनेर जानुभएको थियो । यस्तै कुरा २०६४ को चुनावदेखि चल्दै छ तर महानगरले डोजर चलाएपछि डर बढेको छ ।”हातमा धनीपुर्जा आउने आशामा झन्डै २५ वर्षयता गुरुङले भोट हाल्दै आएकी छिन् ।

उनले मत दिएका राजनीतिक दलहरू पटक–पटक सत्तामा पुगेका छन् । हुँदा–हुँदा स्वतन्त्रलाई जिताउँदा पो आफूहरूले न्याय पाइन्छ कि ! भन्ने अपेक्षा साथ स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहलाई मत दिएको उनले बताइन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्