Deshko News
९ आश्विन २०८०, मंगलबार

काठमाडौंको तापक्रम यो वर्षकै कम, सावधानी अपनाउन अनुरोध



काठमाडौं, मंसिर १५
काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरेको हो । यो तापक्रम यो वर्ष आजसम्मकै सबैभन्दा कम हो ।

महाशाखाको पछिल्लो विवरणानुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो ।

मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News