आज मंसिर १९ गते सोमवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल मंसिर १९ गते सोमवारको राशिफल ।

मेष

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

सिंह

शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । शिक्षामा सफलता मिल्ला ।

तुला

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयरबजारबाट पनि लाभ मिल्नेछ ।

बृष

आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।

कर्कट

आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

बृश्चिक

आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मकर

आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

मीन

आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्