फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि



काठमाडौँ । अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो ।

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो ।

अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News