पाल्पामा ठूलो संख्यामा तोपको गोला फेला


 


पाल्पा, पुस ६
पाल्पामा तोपको गोला फेला परेको छ ।

पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो ।

तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

घडेरी खन्ने बेला अहिलेसम्म ३०० गोला फेला परेको हो । गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।

नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ । हाल फेला परेका गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्