पाँच महिनामा ६ खर्ब व्यापार घाटा, भारतसँग सबैभन्दा बढी


 


काठमाडौं, पुस ८
चालू आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ ।

चालू आवमा भएको कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र रहेको छ भने आयात हिस्सा ९१ प्रतिशत रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतसँग मात्र पाँच महिनामा ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्र व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

अधिक व्यापार घाटा हुने दोस्रो मुलुकमा चीन परे पनि ऊसँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख मात्र छ । व्यापार घाटामा तेस्रा स्थानमा रहेको इन्डोनेसियासँग २० अर्ब ८३ करोठ ४ लख ६२ हजार छ भने चौथो स्थामा रहेको युनाइटेड अरब इमिरेटसँग १६ अर्ब ५५ करोड १५ लाख र पाँचौं स्थानमा रहेको अर्जेन्टिनासँग १४ अर्ब ४३ करोड ५० लाख ९३ हजार व्यापार घाटा छ ।

व्यापार घाटा रहको अन्य मुलुकमा क्रमशः कतार, ओमान, मलेसिया, जोर्डन, युक्रेन, अस्ट्रेलिया, साउदी अरेबिया, बेल्जियम, थाइल्यान्ड, भियतनाम, कोरिया, ब्राजिल, बंगलादेश पाराग्वे, फ्रान्स, सिंगापुर, साउथ अफ्रिका, ताइवान, जापान, क्यानाडा, हङकङ छन् ।

त्यस्तै, स्विजरल्यान्ड, जर्मनी, टर्की, अस्ट्रिया, पोल्यान्ड, न्युजिल्यान्ड, इजरायल, युके, इटाली, तान्जानिया, नेडरल्यान्ड, कुवेत, चेक रिपब्लिक, बहराइन, म्यानमारलगायतसँग व्यापार घाटा रहेको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्