दुई किलोग्राम युरेनियमसहित बाराबाट तीन जना पक्राउ


 


बारा, पाैष १०
बारा जिल्लाको पथलैया बिरगंज सडकखण्ड अन्तर्गत जीतपुर स्थित एक होटेलबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियम सहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत सशस्त्र बेस क्याम्प जीतपुरको टोलीले युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडामगरले बताएका छन् ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ७ का रबि चौधरी, ५ का ३० वर्षीय सागर चौधरी र रौतहट माधव नारायण नगरपालिका २ का २२ वर्षका बृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिए । युरेनियम जस्तै देखिने बस्तुसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्