अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू


 


काठमाडौं, पाैष १७
इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।

रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण गरेको बताइन्छ । नयाँ वर्षको स्वागत सबैभन्दा पहिले न्युजिल्याण्ड र अष्ट्रेलियाबाट सुरू भएको छ भने युरोप र एशियाली देशहरुले पनि स्वागत गरिसकेका छन् । अमेरिकीहरुले पनि स्वागत गर्दैछन् ।

नयाँ वर्ष सुरू भएलगत्तै विश्वभरका मानिसहरुले हर्षोल्लासका साथ भव्यरुपमा अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नेपालमा पनि नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, सौराहा, नगरकोट, धुलिखेललगायतका स्थानमा शनिबार रातिदेखि नै भिड लागेको छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्