नाबालिग बलात्कार प्रकरण : वडा अध्यक्ष श्रेष्ठले गरे प्रहरीमा आत्मसमर्पण


 


बारा, पाैष १८
निजगढ नगरपालिकाका एक वडाध्यक्ष जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको मा वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई पक्राउ गरिएको हो ।

उनले सोही वडा की १५ वर्षीय नाबालिगलाई जबर्जस्ती करणीको आरोप लागेको छ । वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो ।

जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए । वडा अध्यक्षलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको बताइएको छ । दसैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्