हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त


 


विराटनगर, पुस २४
प्रदेश नं १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले नेता कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्की प्रदेश १ मा चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्की झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

नव नियुक्त मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार दिउँसो २ बजे रहेको छ । सपथसँगै कार्कीले मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्