प्राधिकरणले भन्यो – गैरकानुनी अनलाइन कारोबार रोक्नू, अर्थतन्त्रमा जोखिम निम्तायो



काठमाडौं, पाैष २५
नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो ।

विधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको जनाइएको छ ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News