प्रदेश १ मा चार सदस्यीय मन्त्रिमण्डल गठन


 


विराटनगर, पुस २५
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिएसँगै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एकरएक जनालाई मन्त्री बनाएका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएका छन् । उनिहरुले सपथ समेत लिएका छन् ।

उनिहरुको कार्यविभाजन भने गरिएको छैन् । आज नियुक्त सबै मन्त्री विना विभागीए रहेका छन् ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्