खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


 


पोखरा, पुस २५
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्