सडकका सबै पार्किङ खाली गराइने



काठमाडौं, पाैष २६
काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो ।

कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बालाजु, कोटेश्वरलगायत मुख्य सडकक्षेत्रको सडकमा राखिएको पार्किङ खाली गर्ने जानकारी दिए ।

यसअघि दरबारमार्ग, बागबजार, बानेश्वर, पुतलीसडकलगायत दर्जनभन्दा बढी क्षेत्रको सडकमा राखिएको पार्किङ हटाइसकेको छ । महानगरले दरबारमार्गको पार्किङ खाली गराएपछि सःशुल्क पार्किङ रहेको न्युरोड क्षेत्रको हटाउने तयारी गरेको छ । त्यसका लागि विकल्पको खोजी भइरहेको महानगरले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News