एएफसी सोलिडारिटी कप : नेपाल र लाओसबीच सेमिफाइनल (हेर्नुहोस लाइभ)


 


soladirity

काठमाडौं, कात्तिक २७
मलेसियामा जारीे एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र लाओसबीच खेल चलिरहेको छ ।

मलेसियाको नेगेरी रङ्गशालामा भइरहेको खेलको १७ औँ मिनेटमा लाओसले गोल गरेको छ ।

समूह ‘ए’को विजेता नेपाल तथा समूह ‘बी’को उपविजेताको रुपमा लाओस सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले ब्रुनाइलाई ३–० ले हराएको थियो ।

समूह चरणमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।
लाओस र नेपालबिच पछिल्लो पटक मेमा भएको मैत्रिपूर्ण खेलमा १–१ को बराबरी भएको थियो ।

हेर्नुहोस लाइभ :

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्