नेपाल सोलिडारिटी कपको फाइनलमा


 


काठमाडाैं, कार्तिक २७

लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके ।

नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे।

लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्