सञ्चारमाध्यमलाई श्रम मन्त्री प्रश्न : मेराे कुन म्यानपावरमा कहिले कति शेयर थियो ?


 


काठमाडौं, माघ ५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपाली सञ्चारमाध्यमलाई राम्रो कुरा राख्नलाई अनुरोध गरेका छन् । उनी श्रम मन्त्रीमा नियुक्ति भएपछि म्यानपावर व्यवसायी भएपछि चौतर्फी आलोचना भएपछि उनले बुधबार फेसबुकमा स्टाटस लेखी आफ्नो कार्यकालमा ऐतिहासिक काम हुने बताएका छन् । अहिले जस्तै तपाईहरूका सञ्चारमाध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राख्न आग्रह गरेका हुन् ।

‘समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेसले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्,’ मन्त्री अर्यालले भनेका छन्,’ बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए । खैर जे होस्, मलाई प्रेस जगतसँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ ।‘

उनले वाचा गरेको काम पूरा नगरेमा कुर्सी खाली गरिदिने प्रतिबद्धता जाहेर गरेका छन् । ‘यो मेरो वाचा र चुनौती भयो,’ उनले अगाडि थपेका छन्,’ यो लामो स्प्स्टोक्ति बाट आफूलाई स्वाद लागेको हेडलाईन हालेर “पेल्ने” अधिकार यहाँहरूलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु । हस् अब अब काममा लाग्छु।‘

अर्यालले म्यानपावर व्यवसायमा संलग्न नभएको स्पष्टीकरणसमेत दिएका छन् । ‘हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर “इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाईदिन भुले,’ उनी भन्छन्,’ तर त्यो वा कुनै म्यानपावरमा कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन ।‘

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्