नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान चन्द्रगढी अवतरण
![](https://www.deshkonews.com/wp-content/uploads/2023/01/shree-airlines_VgRtkKXJhf.jpg)
काठमाडौँ, माघ ६
बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ ।
काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।
प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार