आज माघ ८ गते आइतवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल माघ ८ गते आइतवारको राशिफल ।

मेष

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला ।

मिथुन

हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

सिंह

पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।

तुला

अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

धनु

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कुम्भ

आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला ।

बृष

अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कर्कट

इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।

कन्या

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृश्चिक

पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना पनि बन्नेछ ।

प्रकाशित मिति: ८ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्