गाउँपालिकाका कर्तुतकाे पर्दाफास : नक्कली योजना र फर्जी बिलबाटै भुक्तानी
काठमाडौं, माघ ११
गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ ।
विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस खुवाउन बाध्य हुनेक्रम बढेपछि स्थानीय सरकार माथि अविश्वास पैदा हुन थालेको सरोकारवालाले बताएका छन् ।
स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी दिने र नियमविपरीत राजस्व मिनाहा गरी आफ्नै स्थानीय तहलाई घाटा पार्नेजस्ता भ्रष्टचारजन्य गतिविधि बढिरहेका पाइएको हो ।
जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहकै विरुद्धमा पर्नेगरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति: ११ माघ २०७९, बुधबार