बानेश्वरमा किन गर्न खाेजे युवाले आत्मदहकाे प्रयास ? यस्ताे छ कारण


 


काठमाडौँ, माघ ११
मंगलबार अपराह्न संसद भवन अगाडि आत्महत्याको प्रयास गर्ने युवाले असफलताका कारण आत्महत्या गर्न खोजेको तथ्य खुलेको छ । इलामको सुर्योदय नगरपालिका ११ स्थित फिक्कलका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सबैतिरबाट आफू लुटिएको कारण आत्महत्याको बाटो रोजेको बताएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लुट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आत्महत्याको बाटो रोज्न लागेको बताएका छन् । आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका प्रेमको यतिबेला वर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आफूलाई सबैतिरबाट लुटिएको र सम्पत्ति सकिएको भन्दै क-कसको कारण आफू बर्वाद भएँ भनेर उल्लेख गरेका छन् । आचार्यको फेसबुक स्टाटसमा नेपालमा नाम चलेका व्यापारिक घरनाहरुको नाम उल्लेख छ ।

त्यसैगरी ग्रामिण क्षेत्रमै कृषि उद्योग खोलेपनि कषि अनुदान पाउन नसकिएको तर त्यहीँका वडाध्यक्ष र राजनीतिक कार्यकर्ताले मात्रै अनुदान पाएको गुनासो पनि उनले गरेका छन् । उनले स्टाटसमा ‘यो देश, यहाँका व्यापारीहरु सबै लुटेरा रहेको’ भन्दै सकेजति लुट्न भनेका छन् । ठूला व्यापारिक घराना र व्यापारीकै नाम लिँदै उनले गरिब र किसानको आँसुमा कसरी ठूलाको मनलाग्दी भइरहेको भन्नेबारे फेहरिस्त पनि प्रस्तुत गरेका छन् ।

काठमाडौंमै भएको घर, पुर्खौली घर सबै बेचिसकेको र अझै पनि ६० लाखभन्दा बढी ऋण रहेको कुरा आचार्यले फेसबुकमा लेखेका छन् । श्रीमतीले पनि आत्महत्याको प्रयास गर्न थालेको कारण पहिले आँफै संसारबाट विदा हुन लागेको भन्दै त्यसलाई उनले ‘क्रन्ति’ भनेका छन् । श्रीमतीको ज्यान बचाइदिने कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्