हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध, विमानस्थलमा जमेको हिउँ पन्छाइँदै


 


जुम्ला, माघ १२
धावन मार्गमा हिउँ जमेपछि जुम्लाको हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको हो ।

हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको छ ।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेका छन् ।

तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्