यातायात कार्यालय धनकुटाका प्रमुखलाई दलियो मोसो


 


धनकुटा, माघ १२
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलिएको छ ।

नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै पसेर मोसो दलि दुर्व्यवहार गरेका हुन् ।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोपमा लुइँटेललाई मोसो दलिएको बताइएको छ ।

तर पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन् ।

कार्यकक्षमा बसिरहेका वेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपीलाई फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्