सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना



सिराहा, माघ १३
राष्ट्रिय सूचना आयोगले सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरेको छ ।

नागरिकले माग गरेको सूचना उपलब्ध नगराएको भन्दै प्रशासकीय अधिकृत यादवलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।

त्यसयता सूचना उपलब्ध गराउन पटक-पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको आयोगले बताएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा हरेक सरकारी तथा सारर्वजनिक नियकाबाट सार्वजनिक महत्वको सूचना पाउने प्रत्येक नेपाली नागरिकको मौलिक हक रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News