हिरासत तोडेर ६ जना अभियुक्त फरार, खोजी कार्य तीव्र


 


धनुषा, माघ १६
धनुषाबाट हिरासतकक्ष फोडेर ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् ।

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए । उनीरुको प्रहरीले तीव्र खोजी कार्यजारी राखेको छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्