बाँकेमा श्रीमानले श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते



काठमाडौं, माघ १६
बाँकेको कोहलपुरका एक व्यक्तिले श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाउँदा छोराको मृत्यु भएको छ ।

साेही घटनामा श्रीमती भने गम्भीर घाइते भएकी हुन् । कोहलपुरका भानुभक्त बिकले श्रीमती गंगासँग आइतबार साँझ झगडा गरेपछि पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो ।

श्रीमतीलाई आगो लगाउँदा २ वर्षीय छोरा प्रिन्सको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएका आमा र छोरालाई उपचारका लागि भेरी अस्पतालमा लगिएकाेमा छोराको साेमबार बिहान मृत्यु भएको हो ।

भारततर्फ भाग्दै गरेका बिकलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News