रवि लामिछानेका कार्यकर्ताले जलाए कान्तिपुर दैनिक



धनगढी, माघ २३
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।

आज बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् ।

बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम्‌ गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए ।

नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्‍न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News