‘साइट क्लियर’ नहुँदा चिनियाँ पक्ष कामविहीन



काठमाडौं, माघ २५
नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकिरहेको छैन ।

आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुने कलंकीदेखि महाराजगञ्ज खण्डमा नेपाल पक्षले ‘साइट क्लिअर’ अझै सम्पन्न गरेको छैन ।

‘साइट क्लियर’ सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तार कार्य अघि बढाउन अनुरोध गरिसकेको छ । चिनियाँ पक्षले भने शतप्रतिशत ‘साइट क्लियर’ नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।

नेपाल सरकारले ‘साइट क्लियर’ सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । तर, निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्कियो ।

करिब एक वर्षअघि पनि नेपालले चिनियाँ पक्षलाई विस्तार कार्य हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूस्थित ‘दुईवटा बिजुलीका पोल नहटाएको’ भन्दै चिनियाँ पक्ष फिर्ता भएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News