नेपाली सेनाको “सफा हिमाल अभियान २०२३” मा सुर्य नेपालको सहयोग


 


काठमाडौं, माघ २५
जैविक विविधता, प्रकृती तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले “सफा हिमाल अभियान २०२३” संचालन गर्न गईरहेको छ ।

सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य हिमालहरु (अन्न्पूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ ।

सूर्य नेपाल प्रा लिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल” सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।

मंगलवार एक कार्यक्रमकाबीच नेपाली सेना, सुर्य नेपाल प्रा लि र “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल” बिच “सफा हिमाल अभियान २०२३” लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारी, “सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल” का आनन्द मिश्रा, सूर्य नेपाल प्रा लिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्