अनेरास्ववियु महाधिवेशन : आजबाट बन्दसत्र, यी हुन् अध्यक्षका दाबेदार



काठमाडौं, फागुन ३
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ।
महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने निर्वाचन हुनेछ ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि समिक बडाल, आरसी लामिछाने र मोती विश्वकर्मा दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग गठन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News