बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन



काठमाडौं, फागुन ८
मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।

दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।

दम र छाती रोगका संक्रमणको उपचारका क्रममा श्रेष्ठको निधन भएको उनका छोरा जया श्रेष्ठले बताए।

डाक्टरसमेत रहेका उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए। उनले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा पनि काम गरेका थिए।

उनले समुदायमै चिकित्सकहरू गएर उपचार सेवा दिनुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठको निधनको खबरले अत्यन्त दुःख लागेको बताएका छन्।

‘उहाँको निधनले अत्यन्त दुःखी छु। केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा रहेको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले ट्वीट गर्दै भनेका छन्।

श्रेष्ठका ६ जना छोरा र एक जना छोरी छन्। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News