प्रधानमन्त्री प्रचण्डसँग विष्णु पौडेल र रवि लामिछानेको भेटवार्ता


 


काठमाडौं, फागुन ८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो । हिजो साँझ नेपाली कांग्रेस पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेको थियो।

आज बिहान पौडेल र लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्