चितवनको सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला


 


चितवन, चैत्र १
चितवनको कलेजमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित सहिद स्मारक कलेजमा कालो टेपले बेरेको हरियो तार जडान भएको शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको छ ।

उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौं’ लेखिएको बताइएको छ । उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्