सुनको मूल्य तोलामा एक लाख ७ हजार नाघ्यो



काठमाडौं, चैत्र ३
सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।

आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ ।

बिहीबार तेजावी सुन एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News