६ वर्षदेखि ‘भीआईपी’ सडकको बिजोग



काठमाडौं, चैत्र १२
ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् ।

तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’

हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा. कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News