प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप



काठमाडौं, चैत्र १२
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक सोन आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे, लगायतको उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घलेज्यूको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर घलेले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिनुभएको थियो ।

अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News