ठगी आरोपमा पूर्वराजदूतकी पत्नी रेनुकुमारी पक्राउ



काठमाडौं, चैत्र १६
ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी पत्नी रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन् । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

उनले जग्गा बैना गरेर ७० लाख रुपैयाँ लिएको तर पछि जग्गा पास नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त जग्गा रोक्का रहेको खुलेको छ।

पक्राउ परेकी रेनुकुमारीलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ भने जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

पक्राउ परेकी बस्न्यातका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News