स्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ



धनुषा, चैत्र १७
धनुषामा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी चौकी बल्हागोठबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले दुवैलाई पक्राउ गरेको हो ।

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक धनुषाको धनुषाधाम नगरपालिका–२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादवको साथबाट १० लाख र मोटरसाइकल पछाडि बसेका १९ वर्षीय कृष्ण साहको साथबाट नेपाली नगद ४ लाख समेत गरी जम्मा नेपाली रुपैयाँ १४ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News