पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडिओ बाहिरियो


 


काठमाडौं, चैत्र २२
पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडिओ भाइरल बनेको छ ।

केही दिनअगाडि मात्रै खानेपानीमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले अश्लील गतिविधि गरिरहेको भिडिओ बाहिरिएको हो ।

भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ । सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए ।

त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ । खानले उक्त भिडिओ आफू सांसद हुनुभन्दा अगाडिको रहेको र अहिले विरोधीहरूमार्फत ‘लीक’ भएको बताए ।

पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । खानले बाँकेमै हुँदा आफूसँग कुरा भएको बताए। यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको उनको भनाई छ ।

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्